अध्यक्ष तिमिल्सनाले स्थगित गरे राष्ट्रिय सभाको बैठक
राष्ट्रिय सभाको स्थगित भएको छ । संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले सूचना निकालेर राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले असोज ३० गते दिउँसो १ बजे बस्ने तय भएको बैठक स्थगित गरेको जानकारी दिए ।
सूचना अनुसार अर्को बैठक अध्यक्ष तिमिल्सनाले तोकेको मितिमा बस्नेछ ।
‘‘सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी स्थगित गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ महासचिव गौतमले निकालेको सूचनामा उल्लेख छ ।