कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त
नेपाली कांग्रेसका प्रदेश सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।शनिबार बिहान प्रदेश प्रमुखको कार्यालयमा सनाखतका क्रममा बहुमत जुटाउन सफल भएपछि कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
उनको पक्षमा नेकपा एमाले ३९ र कांग्रेसका ८ गरी ४७ जना सांसदले हस्ताक्षर गरेका छन् । मुख्यमन्त्रीका अर्का दाबेदार नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो पक्षधर सनाखतका लागि उपस्थित भएन ।
सनाखतमा बहुमत पुष्टि भएसँगै अब प्रदेश प्रमुखले कार्कीलाई संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरे । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर सनाखत भएको घोषणा गर्दै प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री भएको घोषणा गरेका हुन् ।