सत्तागठबन्धन बाटै कोशी प्रदेशमा दुुई जनाको मुख्यमन्त्रीमा दाबी पेश

कोशी प्रदेशको मुख्यमन्त्रीमा गठबन्धनको तर्फबाटै दुुई जनाको दाबी पेश भएका छन । गठबन्धनको अधिकारिक उम्मेदवार भन्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका छन् । यता काग्रेस कै आठ सहित एमालेको समर्थनमा काग्रेस नेता केदार कार्कीले समेत मुख्यमन्त्रीमा दाबी गरेका छन । यसले नेपाली काग्रेस भित्र समेत विवाद ल्याई दिएका छन । केन्द्रले यसमा औपचारिक कुनै प्रतिक्रिया जनाएका छैनन ।
नेपाली कांग्रेसको संस्थापनइतर पक्ष बाहेकका संसदहरुले माओवादीका आङ्बोलाई समर्थन गरेका छन् । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले भने भने नेकपा एमालेसहितको समर्थनमा केदार कार्कीलाई मुख्यमन्त्रीको रुपमा अघि सारेका छन ।
बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ्गकोमा पुगेर कार्कीले समेत मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । यसअघि सत्तागठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीको दाबी पेश गरिसकेका छन् ।
एमालेले उपसभामुखबाहेक ३९ जना सांसदको हस्ताक्षरसहित कांग्रेसका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको हो। कार्कीलाई मुख्यमन्त्री बनाउन उनीसहित कांग्रेसका ८ जनाको हस्ताक्षर छ।
९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ जना सांसदको समर्थन चाहिन्छ।