सत्तागठबन्धन बैठकमा शुक्रबारदेखि संसद्को अधिवेशन अन्त्य गर्न सरकारलाई सुझाव – Nepalboli

सत्तागठबन्धन बैठकमा शुक्रबारदेखि संसद्को अधिवेशन अन्त्य गर्न सरकारलाई सुझाव

   २०८० आश्विन २५, बिहीबार  

सत्ता गठबन्धनको विहिवार बसेको बैठकमा सरकारलाई संसद्को चालु अधिवेशन अन्त्य गर्न सुझाव दिइएको छ । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले चाडबाड लगायतको समय आएकाले चालु अधिवेशन अन्त्य गर्न सरकारलाई सुझाव दिएको हो ।

गठबन्धन बैठकमा सहभागी एक नेताले अधिवेशन अन्त्य गर्ने नगर्ने निर्णय सरकारले गर्ने भएपनि गठबन्धनमा छलफल हुँदा शुक्रबार बैठक बसेर अन्त्य गर्दा उपयुक्त हुने सुझाव सरकारलाई दिएको बताए ।

अधिवेशन अन्त्य गर्ने कि नगर्ने भनेर निर्णय सरकारले गर्ने हो तर गठबन्धनको छलफलमा मन्त्रिपरिषद् बैठक बसेर अधिवेशन अन्त्यको सिफारिस गर्दा उपयुक्त हुने भनेर सुझाव दिएका छौ’, गठबन्धनका एक नेताले भने, ‘मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट शुक्रबारको बैठक बसेर अधिवेशन अन्त्य हुनेछ ।’

शुक्रबार २ बजेका प्रतिनिधि सभाको बैठक बोलाइएको छ । बजेट अधिवेशन गत वैशाख २४ गते सुरु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै