मन्त्रिपरिषद्‌का निर्णय पनि अख्तियारले हेर्न पाउनुपर्छ – रवि लामिछाने – Nepalboli

मन्त्रिपरिषद्‌का निर्णय पनि अख्तियारले हेर्न पाउनुपर्छ – रवि लामिछाने

   २०८० आश्विन २५, बिहीबार  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेले मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्नु पाउनुपर्ने बताएका छन्। बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भ्रष्टाचार नीतिगत र अनीतिगत भन्ने नहुने बताए। भ्रष्टाचार भ्रष्टाचार नै हुने भन्दै यसमा कुनै लेप लाग्नु नहुने उनको भनाइ थियो। कुनै पनि गलत कुरालाई अख्तियारले हेर्नसक्ने गरी अख्तियारी दिनुपर्ने विचार उनले राखेका थिए।

‘मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्नु पाउनुपर्छ भन्ने हाम्रो पार्टीको मेरो लाइन हो। नीतिगत, योगत उगत भन्ने होइन। भ्रष्टाचार पनि नीतिगत र अनीतिगत भन्ने हुन्छ ? उनले भने, भ्रष्टाचार, भ्रष्टाचार मात्रै हुन्छ। कुनै लेप लाग्नु हुँदैन। हेर्नु हुँदैन भन्ने होइन, गलत चिज कुनै पनि छ भने हेर्नुपर्छ। जहिलेको पनि हेर्नुपर्छ। यो हाम्रो दलको कुरा हो।

उनले वाइडबडी खरिद प्रकरण, नेपाल ट्रष्ट, ओम्नि र यतिलगायतका प्रकरणहरुको अनुसन्धान कहाँ पुग्यो भनेर समितिमा प्रश्न गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै