ओलीलाई लिन धावनमार्गमै कार्यकर्ता पुगेकोप्रति जनकपुर विमानस्थल प्रशासनको आपत्ति

नेकपा एमाले मधेस प्रदेशको अधिवेशन उद्घाटन गर्न जनकपुर पुगेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न कार्यकर्ताको ओइरो लागेपछि विमानस्थल प्रशासनले आपत्ति जनाएको छ । अनुमतिबिना अनाधिकृत मानिसहरु धावनमार्गमा प्रवेश गरेको भन्दै विमानस्थल प्रशासनले सुरक्षा संयन्त्रलाई पत्र नै लेख्न लागेको छ ।
यति एयरलाइन्समार्फत जनकपुर पुगेका ओलीलाई स्वागत गर्न सयौं कार्यकर्ता विमानको ढोकैसम्म पुगेका थिए ।
अतिथिलाई स्वागत गर्न भीआईपी कक्ष र धावन मार्ग बाहिरै पाँचजना मात्र जान पाउने नियम छ ।