सरकारका निर्णय अस्पष्ट हुँदा भ्रष्टाचार नियन्त्रणमा समस्या भएको अख्तियार प्रमुख भनाई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मन्त्रिपरिषद्का नीतिगत निर्णयनै अस्पष्ट हुँदा समस्या भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयको सम्बन्धमा स्पष्टता आवश्यक रहेको बताएका हुन् ।
उनले खरिद र अप्ठ्यारा विषयलाई मन्त्रिपरिषद्मा निर्णयका लागि पठाइने गरेको पनि बताए ।
वास्तविक र गलत नीतिगत निर्णयको सम्बन्धमा स्पष्ट रुपमा परिभाषित हुनुपर्ने उनको भनाइ छ । बेलाबेलामा मन्त्रिपरिषद्का निर्णय पनि विवादमा पर्ने गरेको उनले गम्भीर हुन सरकारसँग आग्रह गरे ।
उनले भ्रष्टाचार गरेर पैसा अरुलाई लिन लगाउने प्रवृत्ति बढेको पनि बर्ता । सार्वजनिक पद धारण नगरेका व्यक्तिलाई घुस लेनदेन गराउने गरिएको भन्दै अनौपचारिक रुपमा लेनदेन गर्नेहरुलाई पनि भ्रष्टाचार गरेको ठहर्ने गरी कानूनी दायरामा ल्याउन जरुरी रहेको उनको भनाइ छ ।