अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्तिमा संशोधन गर्न जरुरी छ – महामन्त्री थापा – Nepalboli

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्तिमा संशोधन गर्न जरुरी छ – महामन्त्री थापा

   २०८० आश्विन २४, बुधबार  

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्तिमा संशोधन गर्न जरुरी रहेको बताएका छन् । बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले आयोगको नियुक्तिमा दलगत हस्तक्षेप र भागबण्डा बढी भएको बताएका हुन् ।

उनले अदालतसमेत नियुक्तिका विषयमा मुछिएको बताए । उनले आयोगको नियुक्तिको मापदण्ड नबदलिकन अपेक्षाकृति परिणाम नआउने दाबी गरे ।

‘अख्तियार प्रमुख स्वयंलाई अख्तियारको दुरुपयोग गरेको भ्रष्टाचारको मुद्दा सदस्यसचिवलाई मुद्दा लागेर बसेको अवस्था छ । यसको नियुक्तिको मापदण्ड नबदलिकन यहाँ गर्नेकुरा कुरा मात्रै हुन्छ । यसले परिणाम दिँदैन ।

अब हामीले यो त बनाएर पठायौँ, तर नियुक्तिको प्रक्रिया र मापदण्ड बदल्न सकेनौँ भने बदलिन्छ कहाँबाट ?’ थापाले भने, ‘त्यसैले यसमा बहस होस् भनेर संशोधन होस् भनेर नियुक्तिको मापदण्डमै संशोधन होस् भनेर राखेँ । तर संशोधन गर्नेकुरा खुला नभएको हुनो पछाडिको पृष्ठमा यो प¥यो ।

संवैधानिक परिषद् सम्बन्धी कानूनमा संशोधन गरेर यसको संसदीय सुनुवाइ होइन, सार्वजनिक सुनुवाइ गर्ने व्यवस्था नथपिकन यसबाट अपेक्षित परिणाम प्राप्त गर्न सकिँदैन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै