आफ्नै नेतृत्वमा कोशीमा सरकार बनाउन पहल गर्ने कांग्रेसको निर्णय – Nepalboli

आफ्नै नेतृत्वमा कोशीमा सरकार बनाउन पहल गर्ने कांग्रेसको निर्णय

   २०८० आश्विन २३, मंगलवार  

नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ। मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।

कांग्रेसले सरकार बनाउनका लागि गठबन्धन बाहिर नजाने पनि निर्णय गरेको कांग्रेस ले जनाएको छ । पदाधिकारी बैठकले कोशीमा गठबन्धन बाहिर नजाने र सकभर कांग्रेसकै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएको नेताहले बताएका छन । त्यसका लागी राप्रपासँग समते समन्वय गरेर अघि बढन नेताहरु नेतृत्वलाई सुुझाएका छन ।

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी असोज २६ गतेभित्र धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन गर्न आह्वान गरिसकेका छन्।

यसअघि १६८ को धारा ३ अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दलको हिसाबले बनेको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिन नसकेपछि राजीनामा राजीनामा दिएका थिए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै