देउवाको पक्षमा आवश्यक समर्थन जुटाउन पहल गर्ने काँग्रेसको निर्णय – Nepalboli

देउवाको पक्षमा आवश्यक समर्थन जुटाउन पहल गर्ने काँग्रेसको निर्णय

   २८ बैशाख २०७८, मंगलवार  

नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउन लागिपर्ने निर्णय गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिले दिएको समयसीमा भित्र देउवाको नेतृत्वमा सरकार बनाउन बहुमत पुग्ने विश्वास लिएको छ।

बैठकपछि सहमहामन्त्री प्रकाश शरण महतले माओवादी केन्द्र काँग्रेसलाई सघाउने बारे स्पष्ट रहेको र अन्तिम समयसम्ममा जसपा पनि एकजुट हुने विश्वास व्यक्त गरे ।

यस्तै एमालेकै माधव कुमार नेपाल समूहले तोकिएको समयभित्र एउटा निकास दिने भएकाले पार्टीको नेतत्वमा सरकार बन्ने पर्याप्त आधार रहेको दावी गरे ।

ठाकुरलाई मनाउने जिम्मा देउवालाई

काग्रेस पदाधिकारी बैठकले जसपा अध्यक्ष महन्थ ठाकुरसग संवाद गर्ने जिम्मा पार्टी सभापति देउवालाई लिएका छन । जसपा अध्यक्ष ठाकुर वैकल्पिक सरकारको विरुद्धमा उभिए पछि काग्रेसलाई नयां सरकार बनाउन आवश्यक पर्ने संख्यामा समस्या परेको छ ।

यद्यपी काग्रेसलाइृ जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवको समर्थन छ । यादवले सोमवार नै देउवा, प्रचण्डको साथमा संयुक्त विज्ञप्ती जारी गर्दैृ नयां सरकारको पक्षमा उभ्याएका थिए ।

जसपा भित्र दुुई धार देखिए पछि काग्रेस पदाधिकारी बैठकले नयां सरकारको पक्षमा पुरा जसपालाई ल्याउनुपर्ने निष्कर्ष निकाल्दै ठाकुरसंग संवाद गर्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै