शिक्षा विधेयक संशोधन प्रस्तावका लागि ७२ घण्टाको समय – Nepalboli

शिक्षा विधेयक संशोधन प्रस्तावका लागि ७२ घण्टाको समय

   २२ आश्विन २०८०, सोमबार  

विद्यालय शिक्षा विधेयक संशोधन प्रस्ताव ल्याउनका लागि ७२ घण्टाको समय दिइएको छ । आइतवार संसदमा सैद्दान्तिक छलफल सकिएसँगै सभामुख देवराज घिमिरेले संसदहरुलाई उक्त विधेयकउपर संशोधन प्रस्ताव ल्याउनका लागि ७२ घण्टा समय दिएका हुन् ।

विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसदबाट सर्वसम्मत पास भएपछि संशोधनका लागि समय दिइएको हो ।

त्यसअघि शिक्षामन्त्री अशोक राईले विधेयकमाथि उठेका प्रश्नको जवाफ दिएका थिए । शिक्षामन्त्री राईले विधयेकमाथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै विधेयकको बचाउ गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै