राष्ट्रपति पौडेलसंग प्रधानमन्त्री र उपप्रधानमन्त्रीहरूको छलफल – Nepalboli

राष्ट्रपति पौडेलसंग प्रधानमन्त्री र उपप्रधानमन्त्रीहरूको छलफल

   २० आश्विन २०८०, शनिबार  

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्रीहरूसँग भेटवार्ता गरेका छन्। अमेरिकामा भएको संयुक्त राष्ट्र संघको महासभा तथा छिमेकी मित्र राष्ट्र चीनको भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री प्रचण्डले शनिबार साँझ शीतलनिवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो दुवै भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

उनका अनुसार सो भेटमा मुलुकका अहिलेका समसामयिक विषयमा पनि छलफल भएको थियो।

त्यसअघि शनिबार नै राष्ट्रपति पौडेलसँग उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेट गरी समसामयिक विषयमा छलफल गरेको पनि पोखरेलले बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै