नयां सरकार गठनका लागी देउवा, प्रचण्ड र यादव विचमा छलफल हुदै – Nepalboli

नयां सरकार गठनका लागी देउवा, प्रचण्ड र यादव विचमा छलफल हुदै

   २८ बैशाख २०७८, मंगलवार  

प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिन नसके पछि राष्ट्रपतिले आब्हान गरेको नयां सरकर गठनको प्रक्रिया अनुसार सरकार बनाउन काग्रेस, माओवादी केन्द्र र जसपाका नेता उपेन्द्र यादव आज छलफल गर्न लागेका छन । सहजो यी तिनै नेताहरु प्रतिनिधीसभा बैठक लगत्तै एक विज्ञप्ती निकालेर नयां सता समिकरणको संकेत गरेका थिए । यद्यपी जसपामा रहेको मतभेदका कारण नयां सरकारका लागी बहुमत पुुग्नेमा आशंका कायमै छ । त्यहए भएर यो पक्ष एमालेमा प्रम ओलीसंग असन्तुष्ट रहेको माधव नेपाल पक्षसंग पनि छलफल गर्न लागेका छन ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले प्रतिनिधिसभामा आफ्नो विश्वासको मत लिन नसकेपछि नयाँ सरकार गठनको प्रकृया सुरु भएको छ ।

काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) ले सरकार बनाउने प्रकृया सुरु गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले ३० गतेभित्र आफ्नो सरकार निर्माणका लागि दावी पेस गर्न आह्वान पनि गरिसकेकी छिन् ।

सरकार निर्माणको प्रकृया सुरु भएपनि जसपा नेपालका महन्थ ठाकुर पक्षले सहयोग नगरेसम्म अझै नयाँ गठबन्धनको सरकार बन्ने सम्भावना छैन । सरकार बनाउनका लागि १३६ सांसद चाहिन्छ तर विपक्षी ९काँग्रेस, माओवादी केन्द्र र जसपा० गठबन्धनसँग हाल १२४ मत मात्रै छन् । सरकार बनाउनका लागि अझै १२ मतको आवश्यकता पर्छ, जो महन्थ ठाकुरसँग मात्र छन् ।

महन्थ ठाकुरसँग १५ जना सांसद छन् । जसले हिजोको विश्वा मतको लागि भएको मतदानमा तटस्थ पक्षमा मतदान गरेका थिए ।

यद्यपि तीन दलीय गठबन्धनले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई फकाउने प्रयास गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै