नेपाल समाजवादी पार्टीले वैशाखमा प्रथम महाधिवेशन गर्ने – Nepalboli

नेपाल समाजवादी पार्टीले वैशाखमा प्रथम महाधिवेशन गर्ने

   २०८० आश्विन १८, बिहीबार  

डा बाबुराम भट्टराईले नेतृत्व गरिरहेको नेपाल समाजवादी पार्टीले आगामी वैशाखमा प्रथम महाधिवेशन गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको असोज १५ देखि १७ गतेसम्म काठमाडौंमा सम्पन्न भएको बैठकले महाधिवेशनको मिति टुंगो लगाएको हो।

‘बैठकले नेपाल समाजवादी पार्टीले गत साउन १ गतेबाट सुरु गरेको छ महिने पार्टी निर्माण तथा विस्तार अभियानको मध्यावधि समीक्षा गर्दै अभियानलाई अझै प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय गरेको छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै पार्टीको प्रथम महाधिवेशन आगामी वैशाख महिनामा भव्यताका साथ सम्पन्न गर्ने र त्यसको तयारीका लागि आगामी मंसिर ६ र ७ गते केन्द्रीय समितिको बैठक काठमाडौंमा गर्ने निर्णय गरेको छ।’

महाधिवेशनअघि विधान अधिवेशनका लागि पार्टीको विधान मस्यौदा गर्न केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा अधिवक्ता कृष्ण शर्माको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै