संसदको अन्तर्राष्ट्रिय समितिद्धारा चिनियाँ जहाजबारे सम्पूर्ण विवरण दिन निर्देशन
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई चिनियाँ जहाजबारे सम्पूर्ण विवरण सहितको जानकारी दिन निर्देशन दिएको छ । समितिको विहिवार बसेको बैठकले चिनियाँ जहाजबारे सम्पूर्ण विवरण सहित समितिको अर्को बैठकमा उपस्थित हुन निर्देशन दिएको छ।
चिनियाँ जहाज बारेमा पछिल्लो समयमा प्रश्न उठे पछि र नागरिक उड्डयन प्राधिकरणलाई घाटाको व्यावार गरेको आरोप लागे पछि समितिको बिहीवार बसेको समिति बैठकले यसवारेमा जानकारी गराउन निर्देशन दिएको हो । बैठक पछि समितिका सभापति राजकिशोर यादवले नागरिक उड्डयन सम्बन्धित दुई वटा विधेयकको बारेमा पनि आगामी समितिको बैठकमा पूर्ण जानकारी सहित उपस्थित हुन निर्देशन दिएको बताए।
उनले भने, ‘चिनियाँ जहाजको बारेमा अर्को बैठकमा, कति सालमा, के समयमा ? कतिमा खरिद भयो ? र कसरी हाम्रो नेपाल वायु सेवा निगमको पार्ट बन्न पुग्यो ? त्यसको बाहिर टेक्निकल्ली कुन कुन देशले किनेको छ ? के रहेछ ? इन्डिटेल कसरी जाने ? भन्ने बारेमा समितिलाई जानकारी गराउन निर्देशन दिन्छु।’
उनले मन्त्रालयले समितिलाई चिनियाँ जहाज कसरी नेपाल वायुसेवाको भाग बन्यो भन्नेबारेमा पनि जानकारी गराउनुपर्ने बताए।