भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड शुक्रबार बझाङ जाने
प्रभावित जिल्ला बझाङ गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्पले भएको क्षती बारेमा जानकारी लिने भएका छन । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार उनी शुक्रवार बझाङ जाने भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड मंगलबार गएको भूकम्पको केन्द्रविन्दु रहेको बझाङ जाने कार्यक्रम तय भएको उनको सचिवालय जनाएको छ । मंगलबार दिउँसो ३ः०६ बजे को समयमा बझाङ केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पमा परी एक जना महिलाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लामा व्यक्तिगत घरका साथै केही सार्वजनिक भवनमा पनि क्षति पुगेको छ ।