राप्रपाको प्रशिक्षण धुलिखेलमा सुरू – Nepalboli

राप्रपाको प्रशिक्षण धुलिखेलमा सुरू

   २०८० आश्विन १८, बिहीबार  

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धुलिखेलमा प्रशिक्षण सुरू गरेको छ। बिहीबारदेखि केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरू गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । देशभरबाट छानिएका ५२ जनालाई राप्रपाले प्रशिक्षक बनाउन प्रशिक्षण दिएको हो । नेशनल डेमोक्रयाट इन्स्टिच्युट (एनडिआई) को सहकार्यमा पार्टीको केन्द्रीय प्रशिक्षण विभागले प्रशिक्षक प्रशिक्षण सञ्चालन गरेको प्रवक्ता श्रेष्ठले बताए ।

राप्रपाले देशव्यापी रूपमा कार्यकर्तालाई प्रशिक्षण दिने तयारी गरिरहेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशाबारे प्रशिक्षण दिनेछन्।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै