प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक बस्दै
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक बिहीबार बस्दै छ। बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ। आजको प्रतिनिधीसभा बैठकमा सभामुख देवराज घिमिरेले विद्यतु विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेमकिपाका सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री श्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, पेश गर्ने कार्यसूची छ।
राष्ट्रियसभाको बैठक आजको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
यस्तै अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८०’ सभामा पेस गर्ने कार्यसूची छ ।