जसपा एजेन्डाको साथमा छ -वरिष्ठ नेता राजेन्द्र महतो – Nepalboli

जसपा एजेन्डाको साथमा छ -वरिष्ठ नेता राजेन्द्र महतो

   २०७८ बैशाख २८, मंगलवार  

उपेन्द्र यादव माथी कारवाही गर्ने सकेत

प्रतिनिधीसभामा विश्वासको मत लिन प्रधानमन्त्री केपी ओली असफल भए पछि काग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दहाल र जसपा नेपालका एक अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ती निकालेर राष्टिपति विद्यादेवी भण्डारीलाइ बहुमतको नयां सरकार बनाउन आब्हान गर्न आग्रह गरे । जनता समाज पार्टी, नेपाल प्रधानमन्त्रीको विश्वासको मतमा दुुई धारमा बाडिएको छ । जसपाको १५ सासंद प्रम ओलीको विपक्षको मतमा दिएका थिए भने १५ सासंद तटस्त बसेका थिए ।

महन्थ ठाकुरले सोमवार अवेर राती एक विज्ञप्ती निकालेर जसपा नेपाल वैकल्पीक सरकार बनाउने काममा संग्लन नरहेको र आफुुुहरु मधेश, थारु, जनजाती सहित सिमान्तकृत समुुदायको एजेन्डा सम्बोधनमा कटिवद्ध रहेको बताएको छ । ठकुरल विज्ञप्ती निकाले पछि जसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई हामीले सम्पर्क गरेर के उपेन्द्र यादवले वैकल्पिक सरकार बनाउने देउवा र प्रचण्ड संग मिलेर निकालेर विज्ञप्ती जसपा नेसपालको अधिकारिक लाईन हो भनेर सोधेका थियौ ?

महतोले जसपाले त्यस्तो कुनै निर्णय नगरेको बताए । हामीले विश्वासको मतमा आ आफनो ढंगले मत दिने गरि मात्रै निर्णय गरेका थियौ । यो वा त्यो कसै संग मिलेर सरका बनाउने निर्णय गरेका छैन । यो यादवको नितान्त व्यक्तिगत हो । यसले जसपाको अधिकारिता नपाउने पनि महतोको दावी छ । उनी भन्छन, जसपा भनेको कुुनै व्यक्ति होईन, यो पार्टी हो । महतोले यादवलाई सरकार बनाउन मन लागेमा वा सरकारमा जान मन भए नयां पार्टी बनाएर जान सक्ने र जसपा सता समिकरणमा नलाग्ने प्रष्टाए ।

यो कुरा हामीले काग्रेस सभापतिलाई समेत जानकारी गराइसकेका छौ । जुपाको यो कुनै अधिकारिक निर्णय छैन, महतोले भने, हामीले राष्टिपतिलाई पनि भटेर यो कुरा जानकारी गराउछौ ।

सोमवार राष्टिपतिले आब्हन गरेको दुुई दल वा सो भन्द्या वढीको बहुमतको सरकार पनि नबन्ने महतोको दावी छ । यसमा नेता गएर हुदैन, ससदहरुको बहुमतको संख्या र पार्टी दुवै जानु पर्छ, महतोले भने ।

उनले पार्टीको विना कुनै निर्णय उपेन्द्र यादव सता समिकरणमा सामेलल भएको भन्दै उनी माथी कारवाही नि हुन सक्ने सकृत गरेका छन । महतोले पार्टीमा यस वारेमा छलफल हुने र त्यसवारेमा ठोस निष्कर्ष निकालिने पनि बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै