प्रधानमन्त्रीको विश्वासको मत अगाडी दलका नेताहरुको दौडधुुप तीव्र – Nepalboli

प्रधानमन्त्रीको विश्वासको मत अगाडी दलका नेताहरुको दौडधुुप तीव्र

   २०७८ बैशाख २४, शुक्रबार  

प्रधानमन्त्री केपी ओलीले आउदो सोमवार प्रतिनिधीसभामा विश्वासको मत लिने भए पछि दलका नेताहरुको दौडधुप तीव्र भएको छ । प्रधानमन्त्री ओली आफनो पक्षमा विश्वासको मत देखाउन पार्टी भित्रै असन्तुष्ट रहेको माधव नेपाल पक्षसंग लागातार संवाद अघि वढाएका छन भने अन्य दलहरु प्रधानमन्त्रीलाई विश्वासको मत असफल बनाउन आ आफनो प्रयास तीव्र पारेका छन ।

माओवादी केन्द्रले काग्रेस संग मिलेर प्रधानमन्त्री ओलीलाई असफल पारेर नयां सरकार बनाउने हिसावमा जुटेका छन । जसका लागी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रवार साझ काग्रेस सभापति शेरबहादुर देउवासंग भेटेका छन । देउवा निवास पुगेर प्रचण्ड उनीसंग एक भन्६ा कुरा गरेर फर्केका छन । माओवादी केन्द्र र काग्रेसका शिर्ष नेताहरु जसपाका उपैन्द्र यादव पक्षसग पनि लागातार सम्पर्कमा छन ।

यद्यपी दुुई धारमा रहेको जसपा तटस्थ बस्ने संकेत गरेको छ ।

यता एमाले भित्रै वाट फलोर क्रसको सम्भावना वढेर गए पछि प्रधानमन्त्री तथा उनका पक्षका नेताहरु माधव नेपाल पक्षसंगको संवाद वाक्लो गरि अघि वढाएका छन । यद्यपी शुुक्रवार साझ सम्म कुनै ठास परिणाम निस्कीसकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै