काङ्ग्रेसलाई बाहिर राखेर सरकार बनाउने दिशातिर जाँदैनौँ – माधव नेपाल – Nepalboli

काङ्ग्रेसलाई बाहिर राखेर सरकार बनाउने दिशातिर जाँदैनौँ – माधव नेपाल

   १७ आश्विन २०८०, बुधबार  

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाली काङ्ग्रेसलाई बाहिर राखेर सरकार बनाउने दिशातर्फ आफ्नो पार्टी नजाने बताएका छन् । समाजवादी जागरण अभियान लिएर मधेस पुगेका अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

काङ्ग्रेसका गगन थापाले अहिले समाजवादी केन्द्रमा रहेका दललाई मात्रै सरकार चलाउन दिने र काङ्ग्रेसले बाहिरै बसेर समर्थन गर्ने र त्यसपछि ढेड बर्ष काङ्ग्रेस यक्लैले सरकार चलाउनु पर्ने प्रस्ताव अगाडी सारिरहेको बेला माधव नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले कोशी प्रदेशमा आफ्नो पार्टिले गठबन्धन सरकारलाइ असर पर्ने गरि अर्को गठबन्धन नगर्ने बताए । उनले केन्द्रको अनुगमन र प्रदेशलार्ई सम्पूर्ण अधिकार दिने तरिकाले नै संघीयता बलियो बनाउने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै