प्रधानमन्त्रीको स्वाब सङ्कलित – Nepalboli

प्रधानमन्त्रीको स्वाब सङ्कलित

   २४ बैशाख २०७८, शुक्रबार  

प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । पिसिआर टेष्टका लागि प्रधानमन्त्री निवास बालुवाटारमा स्वाब सङ्कलन गरिएको हो ।

उहाँसँगै उहाँका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित सय जनाभन्दा बढीको स्वाब सङ्कलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

संसद्मा विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते विशेष अधिवेशन आह्वान गरिएका सिलसिलामा सांसदको पिसिआर टेष्ट गरिँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै