रास्वपाद्वारा कैद मिनाहाबारे संसद्मा संकल्प प्रस्ताव पेस

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा कैद मिनाहा गर्ने राष्ट्रपतिको अधिकारबारे संकल्प प्रस्ताव पेस गरेको छ । रास्वपाका सांसदहरू सचेतक निशा डाँगी, सांसदहरू डोलप्रसाद अर्याल र अशोककुमार चौधरीले संवैधानिक व्यवस्थाको मनसाय स्पष्ट पार्न भन्दै संकल्प प्रस्ताव पेस गरेका हुन् । प्रतिनिधिसभामा मंगलबार दर्ता भएको प्रस्तावमा कैद माफी लहडमा गरिँदै आएकोमा त्यसलाई दीर्घकालीन रूपमा नियन्त्रण गर्नुपर्ने भनिएको छ ।
रास्वपाका सांसदहरूले नागरिकमा संवैधानिक सर्वोच्चता, विधिको शासन, कानुनी राज्यको व्यवहारिक प्रत्याभूति दिलाउन र राजनीतिक आपराधीकरण तथा अपराधको राजनीतिकरणको अन्त्य गर्न संकल्प गर्नुपर्ने भनेका छन् ।
गम्भीर प्रकृतिका अपराधमा अदालतबाट सजाय पाएकाहरूलाई राष्ट्रपतिमार्फत सजाय माफ गराउने क्रम बढेकाले त्यसलाई रोक्नुपर्ने रास्वापका सांसदहरूको भनाइ छ ।