आममाफीबारे रास्वपा नेताहरुद्धारा राष्ट्रपतिलाई ध्यानाकर्षण
आममाफीप्रति असन्तुष्टि जनाउँदै रास्वपा नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेल ध्यानाकर्षण पत्र बुझाएका छन । सोधवार रास्पा अध्यक्ष रवी लामीछाने सहितको टोलीले राष्ट्रपतिलाई भेटेर आममाफी बारेमा ध्यानार्काण गराएका छन । राष्ट्रपतिले सरकारको सिफारिसमा आफूले केही गर्न नमिल्ने जवाफ दिएका छन् ।
रास्वापाको ध्यानाकर्षपत्र बुझिसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई आफूले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको पनि बताए ।
रास्वपाले राष्ट्रपति पौडेलले कर्तव्य ज्यानमुद्दामा दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेका नेपालगञ्जका तरुण दलका नेता रिगल भनिने योग ढकाललाई उन्मुक्ति दिएकोमा आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको हो ।
सोमबार रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललसहितका नेताहरूले शीतलनिवास पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।