नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु – Nepalboli

नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु

   १५ आश्विन २०८०, सोमबार  

नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा सुरु भएको बैठक भोलिसम्म चल्नेछ । बैठकमा ६ महिने अभियानको मध्यावधि समीक्षा हुने बताइएको छ । पार्टी एकता, ध्रुवीकरण तथा मोर्चा निर्माणबारे पनि बैठकमा छलफल र निर्णय हुने जनाइएको छ । यस्तै सरकारको कामको समीक्षा पनि हुने नेताहरुले बताएका छन् ।

पार्टीको संगठन निर्माण, जवस, विभाग, विधान अधिवेशन र महाधिवेशनको विषयमा पनि छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै