एकीकृत समाजवादीको मेची–महाकाली जागरण अभियान सुरू – Nepalboli

एकीकृत समाजवादीको मेची–महाकाली जागरण अभियान सुरू

   १४ आश्विन २०८०, आईतवार  

नेकपा (एकीकृत समाजवादी) मेची–महाकाली राष्ट्रिय जागरण अभियान सुरू गरेको छ । आइतबार देशको पूर्वी नाका काँकडभिट्टाबाट अभियान थालिएको हो ।

देश रूपान्तरणको मूल एजेन्डासहित सुरू अभियानमा केन्द्रीय अध्यक्ष माधनकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षद्धय घनेन्द्र बस्नेत र जयन्ती राई, कृषिमन्त्री बेदुराम भुसाल, उपमहासचिव जगन्नाथ खतिवडा, पूर्व मन्त्री रामकुमारी झाँक्री, दिपक मनाङ्गे लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

असोज २८ गते महाकालीको सुर्खेत पुगेर समापन हुने जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देश हाँक्न सक्ने ल्याकत कम्युनिस्टहरु बाहेक अन्य पार्टीसँग नभएको दाबी गरे ।

अभियान बिर्तामोड, दमक, इटहरी, सप्तरी, धनुषा, रौतहट, बारा, चितवन, रुपन्देही, बुटवल, दाङ, बाँके, बर्दीया, टिकापुर, धनगढी, महेन्द्रनगर हुँदै २८ गते सुर्खेत पुगेर समापन हुने प्रदेश अध्यक्ष बलदेव चौधरीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै