प्रधानमन्त्रीको भ्रमणपछि नेपाल चीन सम्बन्धमा नयाँ आयाम थपियो – माओवादी केन्द्र – Nepalboli

प्रधानमन्त्रीको भ्रमणपछि नेपाल चीन सम्बन्धमा नयाँ आयाम थपियो – माओवादी केन्द्र

   १४ आश्विन २०८०, आईतवार  

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको दाबी गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता एवम उपाध्यक्ष अग्निप्रसाद सापकोटाले दुई देशको सम्बन्धमा उत्पन्न संशयको यो भ्रमणपछि निवारण भएको बताए ।

उनले भ्रमणको सबभन्दा ठूलो उपलब्धि नै यही भएको भन्दै दुई देशबीचको सम्बन्ध सुधार हुँदै गइरहेको बताए ।

१२ बुँदे विज्ञप्ति र संयुक्त वक्तव्यसम्म हेर्दा यो भ्रमणले दुई देशका विकास सम्बन्धीका काममा सहकार्य हुने आशा जगाएको र सम्बन्धमा नयाँ आयाम थपिएको बताए ।

नेपाल चीन उर्जा व्यापारका लागि पनि नयाँ ढोका खोलेको उनले बताए । कृषि, पशुपालन, मत्यसपालनलगायत विषयमा पनि सम्बन्धले नयाँ उचाई हासिल गरेको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै