प्रधानमन्त्री र एमाले अध्यक्ष ओली विच वालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबिच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । सुन तस्करी प्रकरणको आयोग गठनको कार्यक्षेत्रको विवाद जारी रहेको बेला प्रधानमन्त्रीले अमेरिका र चीन भ्रमणबाट फर्किएलगत्तै बालुवाटारमा प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल गरेका हुन् ।
असोज पहिलो साता आयोग गठन गर्ने पहिला दलहरुका बीचमा सहमति थियो । तर आयोग को कार्य क्षेत्र बिबादले गठन हुन सकेको छैन ।
आयोग गठन नभएको भन्दै विपक्षी दल एमालेले सदनमा कुनै पनि सरकारी प्रस्ताव अघि बढन नदिने बताउँदै आएको छ ।