कोशी प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने काग्रेस संसदीय दलको निर्णय – Nepalboli

कोशी प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने काग्रेस संसदीय दलको निर्णय

   १३ आश्विन २०८०, शनिबार  

नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। शुक्रबार विराटनगरमा भएको संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको दलका उपनेता हिमाल कार्कीले जानकारी दिए ।

सर्वोच्च अदालतको परमादेशले कार्कीलाई भदौ २२ गते मुख्यमन्त्री नियुक्त गरेको थियो । कार्कीले असोज २० गतेसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।

प्रदेश प्रमुख पर्शुराम खापुङ प्रदेश सरकारको सिफारिसमा असोज १७ गते बुधबार १ बजेको लागि प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै