बागमती प्रदेशको एमाले अध्यक्षमा कैलाश ढुंगेल विजयी – Nepalboli

बागमती प्रदेशको एमाले अध्यक्षमा कैलाश ढुंगेल विजयी

   १३ आश्विन २०८०, शनिबार  

नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई २५७ मतले पछि पार्दै ढुंगेल अध्यक्षमा विजयी भएका हुन् ।
ढुङ्गेल ६९६ मत पाएर विजयी हुँदा दाहालले ४३९ मत पाएका छन् ।

उपाध्यक्ष पदमा दावा दोर्जे लामा विजयी भएका छन् । यसैगरी सचिवमा नवराज सिलवाल एक मतले विजयी भएका छन् । सिलवाल ५६८ मतले विजयी हुँदा अर्का प्रत्यासी हस्त पण्डितले ५६७ मत पाएका छन् ।
खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी भएका छन् ।

सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मतदान भएको थियो । मतदानमा ११३५ मत खसेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै