कार्यवाहक प्रधानमन्त्रीद्धारा बजार अनुगमन थप प्रभावकारी बनाउन निर्दैशन – Nepalboli

कार्यवाहक प्रधानमन्त्रीद्धारा बजार अनुगमन थप प्रभावकारी बनाउन निर्दैशन

   १२ आश्विन २०८०, शुक्रबार  

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मूल्यवृद्धि र कलोबजारी कडाइका साथ नियन्त्रण गर्ने गरी थप सक्रिय भएर बजार अनुगमन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन्।बजारमा अस्वभाविक रुपमा मूल्यवृद्धि भएको जनगुनासो बढेको भन्दै कार्यवाहक प्रधानमन्त्री खड्काले सम्बन्धित अधिकारीसँग बजार अनुगमनको अवस्थाबारे जानकारी समेत लिँदै उक्त निर्देशन दिएका हुन्।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायाणकाजी श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, निमित्त मुख्य सचिव, गृह सचिव, प्रधानमन्त्री कार्यलयका सचिव, काठमाडौँ र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, वाणिज्य विभाग, खाद्य प्रविधि गुणस्तर तथा नापतौल विभागका अधिकारीहरु सहभागी भएका थिए।

बैठकमा अहिलेसम्म बजार अनुगमनको समीक्षा हुनुका साथै बजार अनुगमनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

बैठकमा कार्यवाहक प्रधानमन्त्री खड्काले खासगरी दैनिक उपभोग्य समानको अभाव हुन नदिन, कलोबजारी तथा अस्वभाविक मूल्यवृद्धि रोक्ने गरी प्रभावकारी अनुगमन बढाउन आग्रह गरे।

चाडपर्वका बेला उपभोक्तालाई कालोबजारी र महङ्गीको चपेटामा पर्ने अवस्था सृजना हुन नदिन सबै जिल्लामा भइरहेको अनुगमनलाई थप प्रभावकारी बनाएर अनुगमन गरेर नागरिकले राहतको अनुभुत गर्ने गरी काम गर्न निर्देशन दिए।

अहिलेको बजार अनुगन बढाउन र त्यसलाई थप प्रभावकारी बनाउन संघीय सरकार थप सहयोग गर्न तयार रहेको भन्दै बजार अनुगमनको काममा प्रदेश र स्थानीय सरकारलाई समेत समन्वय गराएर जान पनि उनले अधिकारीहरुलाई निर्देशन दिए।

कार्यवाहक प्रधानमन्त्री खड्काले हरेक दिन के कति बजार अनुगमन भयो र दोषी देखिएकालाई के कारबाही भयो भनेर जनताले जानकारी पाउने गरी सूचना दिने प्रबन्ध मिलाउन पनि सम्बन्धित अधिकारीलाई आग्रह गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै