प्रधानमन्त्री प्रचण्ड कैलाश मानसरोवर जाँदै – Nepalboli

प्रधानमन्त्री प्रचण्ड कैलाश मानसरोवर जाँदै

   ११ आश्विन २०८०, बिहीबार  

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बिहीबार) कैलाश पर्वत र मानसरोवर जाने भएका छन्। प्रधानमन्त्री प्रचण्ड बुधबार तिब्बतको ल्हासा आएका थिए।

प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन्। कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनको साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि छन्।

बुधबार ल्हासा आइपुगेका प्रधानमन्त्री प्रचण्ड यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए। प्रधानमन्त्री प्रचण्ड गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै