२१ किलो गाँजा सहित चालक र एम्बुलेन्स प्रहरी नियन्त्रणमा – Nepalboli

२१ किलो गाँजा सहित चालक र एम्बुलेन्स प्रहरी नियन्त्रणमा

   १० आश्विन २०८०, बुधबार  

बिरामी बोक्ने एम्बुलेन्स गाजा तस्करीमा प्रयोग भईरहेको पाईएको छ । विराटनगरमा एउटा एम्बुलेन्स र तीनका चालकलाई प्रहरीले २१ किलो गाजा सहित पक्राउ गरेका छन । चालक एम्बुलेन्स सहित पक्राउ परेपछि गाजा तस्करीको यो तथ्य खुलेको हो।

प्रदेश प्रहरी कार्यालयका अनुसार विराटनगर –१८ लाभाघाटमा गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

चालक धरान–११ का ३८ वर्षीय गंगा सरकार रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

को १ च ४६१९ को एम्बुलेन्सको डिकीमा राखी ल्याइएको २१.५ किलोग्राम गाँजा र नेपाली रुपैयाँ ४० हजार बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गाँजा बरामद भएसँगै राजन अधिकारी फाउण्डेशन धरानद्वारा सञ्चालित उक्त एम्बुलेन्स, चालक र सोही स्थानमा रहेको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। एम्बुलेन्स तथा चालकबारे अनुसन्धान भइरहेको प्रहरी भनाइ छ।

इलाका प्रहरी कार्यालय बुद्धनगर र अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले विराटनगर–१८ स्थित खेतमा परालमा लुकाई राखेको साढे १६५ किलोग्राम थप गाँजा समेत बरामद गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै