एमाले बागमती प्रदेशको नेतृत्व छान्न बिहीबार चुनाव
नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबारबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ। बुधबार बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार अन्तिम नामावली प्रकाशन ९ बजे हुनेछ।
त्यसपछि ११ बजेसम्मका लागि उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ। दिउँसो ४ बजे भने उम्मेदवारको नामावली प्रकाशन गरिने पनि उनले बताए।
मतदान भने बिहीबार बिहान ११ बजे हुने बताइएको छ। एमाले बागमतीको अधिवेशन सोमबारबाट सुरु भएको हो ।