एमाले बागमती अधिवेशनमा बुधबार १० बजेदेखि उम्मेदवारी दर्ता – Nepalboli

एमाले बागमती अधिवेशनमा बुधबार १० बजेदेखि उम्मेदवारी दर्ता

   ९ आश्विन २०८०, मंगलवार  

नेकपा एमाले बागमती अधिवेशनमा बुधबार १० बजेदेखि उम्मेदवारी दर्ता हुने भएको छ। भोलि बिहान ९ बजेसम्म दाबीविरोधको समय दिइने एमालेले जनाएको छ। सांगठनिक प्रतिवेदन पारित भए आजै मतदाता नामवली प्रकाशित गरिने एमालेले जनाएको छ।

यसैगरी, नेकपा (एमाले) बागमतीले मंसिरमा चुनाव भएकाले पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको छ।

बागमती प्रदेशको जारी अधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा मंसिर महिना निर्वाचनका लागि प्रतिकूल मौसम भएको निष्कर्ष निकालिएको छ। यो यस निर्वाचनका लागि मात्र होइन आगामी निर्वाचनका लागि पनि ध्यान दिनुपर्ने विषय हो, एमाले बागमती प्रदेशको राजनीतिक प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै एमाले बागमतीले उम्मेदवारहरूका बीचमा एकले अर्कालाई हराउन शंकाले पनि सहकार्यको भावना नभएको र त्यसको सोझो असर परिणाममा परेको प्रतिवेदनमा उल्लेख छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै