राष्ट्रियसभाको बैठक सर्यो
नेपाल बोली
९ आश्विन २०८०, मंगलवार

राष्ट्रियसभाको बैठक फेरि सारिएको छ । यसअघि १२ असोजमा बस्ने तय भएको बैठक मंगलबार संघीय संसद सचिवालयले एक सूचना जारी गरी १८ गते बस्ने जानकारी दिएको छ।
१२ असोजमा विशेष कारणले बैठक बस्न नसक्ने भन्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बैठक तोकेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै