महासमिति बैठकको तयारीका लागि कांग्रेसले बनायो चार वटा समिति – Nepalboli

महासमिति बैठकको तयारीका लागि कांग्रेसले बनायो चार वटा समिति

   ९ आश्विन २०८०, मंगलवार  

नेपाली कांग्रेसले मंसिरमा हुने महासमिति बैठक तयारीका लागि चार वटा समिति गठन गरेको छ। प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दिएको जानकारीअनुसार सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल आयोजक समिति गठन गर्ने निर्णय सोमबारको केन्द्रीय समिति बैठकले गरेको छ।

साथै उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रस्ताव तयारी समिति गठनको निर्णय भएको छ। महामन्त्री गगन थापाको नेतृत्वमा संगठन र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा राजनीतिक प्रस्ताव समिति गठन भएको उनको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै