कोशी सरकार विस्तार, थपिए चार मन्त्री – Nepalboli

कोशी सरकार विस्तार, थपिए चार मन्त्री

   ९ आश्विन २०८०, मंगलवार  

कोशी प्रदेश सरकार विस्तार भएको छ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गरेका हुन् । उनले बुद्धिकुमार राजभण्डारीलाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र लीलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाएका छन् ।

त्यस्तै उनले रामप्रसाद मेहतालाई उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राईलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनाएका छन् ।

अब कोशीको मन्त्रिपरिषद् नौ सदस्यीय भएको छ । थपिएका चारै मन्त्री एमालेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै