लोसपाद्धारा पार्टी गठनको दुुई बर्ष पछि ३ सय ११ सदस्यीय केन्द्रिय समिति गठन (नामावली सहित)
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीको केन्द्रिय समिति नामावली सार्वजनिक गरेका छन । जसपा वाट अलग भए पछि महन्थ ठाकुरको नेतृत्वमा गठन भएको लोसपा निर्वाचन आयोगमा दर्ता भएको दुुई बर्ष पछि पार्टीको केन्द्रिय समिति बनाएको छ । यस अघि लोसपाले कार्यकारणी समिति मात्र गठन गरेको थियो ।
सोमवार लोसपाले सार्वजनिक गरेको केन्द्रिय समिति ३ सय ११ सदस्यीय छन । अध्यक्ष महन्थ ठाकुर पछि दोस्रो वरियतामा वरिष्ठ नेता राजेन्द्र महतो छन । वरिष्ठ नेता मै शरदसिंह भण्डारी र अनिल झा समेत छन । त्यसको साथै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, महासचिव, सचिव सहित केन्द्रिय समिति सदस्यहरुको नाम लोसपाले सोमवार सार्वजनिक गरेका छन ।
लोसपा नेपालको प्रवक्तामा डा आभाष लाभ छन भने कोषाध्यक्षको जिम्मा निर्जला राउत र कविन्द्रनाथ ठाकुरलाई दिईएको छ । राउतलाई वरिष्ठ उपाध्यक्ष र ठाकुरलाई महासचिवको समेत जिम्मेवारी दिईएको छ ।
लोसपा केन्द्रिय समितिको नामावली