सत्तासमिकरण बारे गम्भीर समीक्षा गर्न कांग्रेस केन्द्रिय समितिमा चर्को आवाज – Nepalboli

सत्तासमिकरण बारे गम्भीर समीक्षा गर्न कांग्रेस केन्द्रिय समितिमा चर्को आवाज

   ७ आश्विन २०८०, आईतवार  

केहि दिन यता जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा वर्तमान सतासमिकरणको गम्भिर समिकक्षा हुुनुपर्ने वलियो आवाज उठेको छ । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा प्रमुख हिस्सेदारी सहित सहभागी काग्रेस प्रधानमन्त्री र गृहमन्त्रीको भुमिका प्रति पछिल्लो समयमा सन्तुुष्ट नदेखिईरहेको वेला पार्टी बैठकमा त्यस वारे केन्द्रिय सदस्यहरुले नेतृत्वलाई दबाब दिईरहेका छन । प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा काग्रेसका नौ जना मन्त्रीहरु छन । यद्यपी प्रधानमन्त्री र गृहमन्त्रीले काग्रेसका नेताहरुलाई भ्रष्टाचारमा जर्वदस्ती फसाउने गरेको र आफना निकटहरुलाई उन्मुक्ति दिने गरेको काग्रेस नेताहरुको आरोप देखिन्छ । त्यसको साथै सरकारले जनतामा लोकप्रीय कामहरु समेत गर्न नसकेको भन्दै अगामी निर्वाचनलाई समेत ध्यानमा राखेर वर्तमान सरकारको समिकक्षामा काग्रेसमा जानुपर्ने नेताहरुको तर्क देखिन्छ ।

‘अहिले हामी सरकारमा मात्र छैनौं, यो गठबन्धनको मूल नेतृत्वकर्ता कांग्रेस नै हो,’ केन्द्रीय सदस्य राजीव ढुंगानाले आइतबार केन्द्रीय समितिमा भने, ‘सरकार अहिले के गरिरहेको छ, त्यसको समीक्षा गरिनुपर्छ।’ महंगी दिन प्रतिदिन बढिरहेको र सरकारले अनुगमन समेत नगरेको उनले बताए।

‘भ्रष्टाचारका एक दुई फाइल खोलिए पनि नेपाली जनताले भ्रष्टाचार घटेको महशुस गरेका छैनन्,’ उनले भने, ‘शान्ति सुरक्षाको स्थिति ठिक छैन। हाम्रै सहमहामन्त्री महेन्द्र यादवमाथि दिनदहाडै खुकुरी प्रहार भएको छ। ताप्लेजुङमा प्रदेश सांसद खगेन सिङ हाङ्गाममाथि प्रहरीले नै गुण्डागर्दी गरेको छ। काठमाडौं चार वटा शव एकै ठाउँमा भेटिने घटना भएका छन्।’

अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा बस्नुमात्र उपलब्धि मान्न नहुने बताए। सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गर्दै पौडेलले प्रधानमन्त्री प्रचण्डलाई जनमुखी काम गर्न आग्रह गर्नुपर्ने बताए।

‘अघिल्लो केन्द्रीय समितिले विभिन्न निर्णय गर्‍यो। तर ती निर्णय प्रेस विज्ञप्तिमै सीमित हुनु भएन,’ पौडेलले भने, ‘सभापतिले प्रधानमन्त्रीकहाँ गएर यो यो काम गर्नुहोस् भनेर भन्न सक्नुपर्‍यो। गठबन्धन जोगाउनुमात्र उपलब्धि होइन।’ कांग्रेस सरकारमा बसेकाले पार्टी पनि लोकप्रिय हुने गरी काम गर्नुपर्ने उनको भनाइ थियो।

‘हाम्रा कुनै पनि साथी (मन्त्री) ले राम्रो काम गरे भनेर मैले भाषण गर्न पाइनँ,’ उनले भने, ‘सरकारमा बस्नुमात्र उपलब्धि होइन।’

देशमा लगानीको वातावरण सिर्जना गरिनुपर्ने पौडेलले बताए। उनले बजार क्षेत्रका ३५ प्रतिशत सटर बन्द भएको र खाद्यान्नमा १४ प्रतिशतसम्म महंगी भएको बताए।

‘सरकारले कुनै अनुगमन गरेको छैन । महंगी नियन्त्रण गर्नुपर्‍यो,’ पौडेलले भने। कांग्रेसले आगामी मंसिरमा गर्ने महासमिति बैठक (नीति अधिवेशन) ले विभिन्न विषयमा दृष्टिकोण निर्माण गर्नुपर्ने र त्यसअनुसार सरकार नचले समर्थन फिर्ता लिनुपर्ने पौडेलले बताए।

अर्का केन्द्रीय सदस्य भीम पराजुलीले सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार घटनामा सरकारमा सम्मिलित नेताहरूको धारणा मागे।

‘कांग्रेसलाई छानीछानी दुस्ख दिने गृहमन्त्रीको नियतबारे पनि समीक्षा हुनुपर्छ,’ उनले भने, ‘सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समाचारमा आएका छन्। उनलाई न पक्राउ गरिन्छ न कुनै मुद्दा चल्छ।’

अर्की केन्द्रीय सदस्य गोमाकुमारी भट्टराईले कांग्रेस सरकारमा भए पनि नेता तथा कार्यकर्ता सुरक्षित नरहेको बताइन्।

‘कांग्रेस सरकारमा छ तर प्रधानमन्त्री र गृहमन्त्री माओवादीका छन्, हाम्रा नेता तथा कार्यकर्ता सुरक्षित छैनन्,’ उनले भनिन्, ‘सहमहामन्त्रीमाथि र कोशीका सांसदमाथि आक्रमण भयो। तर बदमासी गर्नेलाई कडा कारबाही भएको छैन भन्ने सुनिएको छ।’

उनले कांग्रेसको भरमा माओवादीले सरकारको नेतृत्व गरेको बताइन्। ‘कांग्रेसको भरमा टेकेर माओवादीले सरकारमा बसेर निर्णय गरेको छ तर हामीलाई अपजस नै अपजस मात्रै आइरहेको छ,’ उनले भनिन्, ‘हामी डेलिकेसन गएर दवाव दिनुपर्छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै