सुन प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप नगर्ने – गृहमन्त्री श्रेष्ठ

सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतवार बसेको बैठकमा उनले उक्त कुरा बताएका हुन ।
बैठकमा समिति सदस्यले सुन तस्करी प्रकरणको अनुसन्धानप्रति आशंका व्यक्त गर्दै मन्त्रीको जवाफ माग गरेपछि मन्त्री श्रेष्ठले सिआइबीलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न आफूले निर्देशन दिएको बताए । उनले अनुसन्धानमा कुनै प्रकारको हस्तक्षेप नभएको पनि स्पष्ट पारे । तथ्य, प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढंगले निष्कर्षमा लग्न प्रहरीलाई कडा निर्देशन दिएको चर्चा गर्दै मन्त्री श्रेष्ठले भने “सुन तस्करी प्रकरणको अनुसन्धान खुला रहेको छ, आगामी दिनमा पनि हस्तक्षेपबेगर अनुसन्धान अघि बढ्छ ।”
‘सिआइबीलाई आफ्नो सम्पूर्ण स्वतन्त्रतासहित आफ्नो कार्यक्षमता प्रदर्शन गर्न र गहिराइमा पुग्न गृह प्रशासनको तर्फबाट मैले बारम्बार निर्देशन दिएको छु । कतिपय कस्तो हुँदो रहेछ भने यताबाट देख्दाखेरी राजनीतिक तवरबाट पनि कमजोरी गरियोकि भनेजस्तो लाग्छ’ उनले भने ।