मेयर बालेन्द्रविरुद्ध ईःको आन्दोलनप्रति काग्रेस महामन्त्री गगन थापाको ऐक्यबद्धता
काठमाडौं महानगरपालिका अगाडि ६ दिनदेखि निरन्तर उभिएर मेयर बालेन्द्र शाहप्रति विरोध जनाइरहेका सामाजिक अभियन्ता ईःको आन्दोलनप्रति नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले ऐक्यबद्धता जनाएका छन्।
मेयर शाहले चुनावका बेला गरेको वाचाअनुरूप फुटपाथ व्यवासायीको उचित व्यवस्थापन गरिनुपर्नेलगायत माग राखेर केही युवा साथीसहित ईः गत मंगलबारदेखि काठमाडौं महानगरपालिका अगाडि उभिइरहेका छन्।
सुरु ७७ घण्टा उभिने भनेका ईःले आफ्नो मागप्रति मेयर शाहले कुनै वास्ता नगरेको भन्दै विरोध कार्यक्रमलाई लम्ब्याएका छन्। उनको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै कांग्रेस महामन्त्री थापाले शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई महानगरपालिकाले महत्त्वका साथ सुन्नुपर्ने बताएका हुन्। यस क्रममा उनले सहरको आवागमनलाई असर नपर्ने गरी फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्न सकिने ठाउँहरू रहेको पनि उल्लेख गरेको छन्।