प्रदीप पौडेलले देउवालाई भने- कांग्रेसका मन्त्रीको राम्रो भयो भनेर भाषण गर्न पाइन – Nepalboli

प्रदीप पौडेलले देउवालाई भने- कांग्रेसका मन्त्रीको राम्रो भयो भनेर भाषण गर्न पाइन

   ७ आश्विन २०८०, आईतवार  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा बस्नु मात्र उपलब्धि मान्न नहुने बताएका छन्। सानेपामा आइतबार भएको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गर्दै पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काम गर्न आग्रह गर्नुपर्ने बताए।

अघिल्लो केन्द्रीय समितिले विभिन्न निर्णय गर्‍यो। तर ती निर्णय प्रेस विज्ञप्तिमै सीमित हुनु भएन,’ सभापति देउवालाई आग्रह गर्दै पौडेलले भने, ‘सभापतिले प्रधानमन्त्रीकहाँ गएर यो यो काम गर्नुहोस् भनेर भन्न सक्नुपर्‍यो। गठबन्धन जोगाउनु मात्र उपलब्धि होइन।’

कांग्रेस सरकारमा बसेकोले पार्टी पनि लोकप्रिय हुने गरी काम गर्नुपर्ने उनको भनाइ थियो।

‘हाम्रा कुनै पनि साथी (मन्त्री) ले राम्रो काम गरे भनेर मैले भाषण गर्न पाइनँ,’ उनले भने, ‘सरकारमा बस्नु मात्र उपलब्धि होइन।’

उनले देशमा लगानीको वातावरण सिर्जना गरिनुपर्ने बताए। संसारभरबाट दुबईमा लगानी ओइरिएको चर्चा गर्दै उनले लगानी वातावरण नेपालमा पनि सिर्जना गरी रोजगारीको दिइनुपर्ने बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै