४ सांसद र संघीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना पुष्टि – Nepalboli

४ सांसद र संघीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना पुष्टि

   २०७८ बैशाख २३, बिहीबार  

प्रतिनिधिसभाका ४ सदस्य र संघीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सभामुख र उनको सचिवालयका सबैको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको संसद् सचिवालयले जनाएको छ ।

सासंदहरु लक्ष्मणलाल कर्ण, पार्वता डिसि चौधरी, नरमाया ढकाल र रामबाबुुु कुमार यादवलाइ कोभिड पोजेटिभ पुुष्टि भएको संसद सचिावालयले जनाएको छ ।

सभामुखसहित १२८ जना सांसदको बुधबार पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै संसद्का कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक समेत गरी ४८१ जनाको पनि पीसीआर परीक्षण गरिएको थियो ।

जम्मा ६०९ जनाको परीक्षण गरिएकोमा ६ जनामा कोरोना संक्रमण भएको भेटिएको हो ।

यसैगरि एमाले नेतृ तथा मन्त्री जुली महतो तथा उनका श्रीमान एव पुर्वमन्त्री रघुविर महासेठ पनि कोराना पोजेटिभ भएको उनको सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै