चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन भौतिकमन्त्री ज्वालाद्धारा कार्यदल गठन – Nepalboli

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन भौतिकमन्त्री ज्वालाद्धारा कार्यदल गठन

   ६ आश्विन २०८०, शनिबार  

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गरेका छन्। शुक्रबार सरोकारवाला सबै पक्षलाई बोलाएर मन्त्री ज्वालाले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरेका हुन्।

‘यातायात क्षेत्र चुस्त नहुँदा दसैं, तिहार र छठ जस्ता पर्वहरूमा लाखौं यात्रुहरूले सास्ती पाउँदै आएका छन्। यो वर्ष त्यसलाई व्यवस्थित गर्न समयमै कार्यदल बनाएका छौं,’ मन्त्री ज्वालाले भने, ‘कार्यदलले एक साताभित्र प्रतिवेदन दिन्छ, त्यही आधारमा व्यवस्थापनको काम थाल्छौं।’

यात्रुहरू ठगिने, बीचबाटोमा अलपत्र जस्ता सास्ती ब्यहोर्नु नपरोस् भन्नलाई मन्त्री ज्वालाले सरोकारवाला निकायसँग बैठक गरेका हुन्।

मन्त्री ज्वालाले सिंहदरबारमा बोलाएका कार्यक्रममा राज्यमन्त्री नन्दा चापागाईं, बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, प्रहरी प्रधान कार्यालय, उपत्यका ट्राफिक महाशाखा, सडक विभाग, यातायात व्यवसायी महासंघ, उपभोक्ता संरक्षण मञ्च, ट्रेड युनियनका प्रतिनिधिहरू र काठमाडौं महानगरपालिकाको सहभागी रहेको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै