नेपाल क्रिकेट संघ (क्यान) को चुनाव आज हुदै
नेपाल क्रिकेट संघ (क्यान) को चुनाव आज (शनिबार) हुँदै छ। काठमाडौंमा शुक्रबार सुरु क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशनमा पहिलो दिन बन्द सत्र सकिएपछि आज निर्वाचन हुन लागेको हो।
आज उम्मेदवारको प्रथम नामावली प्रकाशन बिहान ११:२० मा हुनेछ। उम्मेदवारको मनोनयन उपर उजुरी र छानबिनका लागि बिहान ११:४० को समय तोकिएको छ भने नाम फिर्ताका लागि बिहान ११: ५५ बजेसम्मको समय छुट्याइएको छ। त्यसपछि अन्तिम नामावली प्रकाशन गरी मतदान प्रक्रिया सुरु हुनेछ।
क्यानको आगामी चार वर्ष नेतृत्व चयनका लागि सर्वसम्मत गराउने प्रयास पनि जारी छ।