एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित – Nepalboli

एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित

   २०८० आश्विन ४, बिहीबार  

नेकपा एकीकृत समाजवादीको ६७ औँ सचिवालय बैठक स्थगित भएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बस्ने भनिएको बैठक शिक्षक आन्दोलनका कारण नेताहरु समयमै आउन नसक्नेलगायत कारणले स्थगित गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल गर्न उक्त बैठक बोलाएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै