प्रधानमन्त्री र काग्रेस सभापति विचमा छलफल – Nepalboli

प्रधानमन्त्री र काग्रेस सभापति विचमा छलफल

   २२ बैशाख २०७८, बुधबार  

प्रधानमन्त्री केपी ओली र काग्रेस सभापति शेरबादुर देउवाको विचमा छलफल भएको छ । काग्रेस सभापति देउवासंग भेटन प्रम ओली आफना केहि निकट नेताहरुका साथ वुधवार दिउसो वुढानिलण्ठ स्थ्ति देउवा निवास पुुगेका थिए । छलफलमा प्रधानमन्त्रीसंगै एमाले नेता तथा उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र सुुभाष नेम्बाड पनि थिए । काग्रेसको तर्फवाट सभापति देउवा सहित उपसभापति विमलेन्द्र निधी, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, पुर्णबहादुर खडका, सहमहामन्त्री प्रकाशशरण महत र पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी थिए ।

प्रधानमन्त्री ओलीले आउदो २७ गते प्रतिनिधीसभामा विश्वास मत लिने घोषणा पछि काग्रेस सभापतिलाई निवासमै गएर भेटनुलाई राजनितीक रुप्मा अर्थपुुर्ण रुपमा हेरिएको छ ।

सहजो मात्रै काग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका नेता माधव नेपाल र जसपाका नेता उपेन्द्र यादवको विचमा भेट भएको थियो ।

मंगलवार मात्रै काग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई २७ गते विश्वासको मत नदिने निर्याय गरेको थियो । काग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिन असफल भए आफनो नेतृत्वमा सरकार बनाउने पनि बताएका थिए । यता माओवादी केन्द्र काग्रेससंग मिलेर विश्वासको मत लिनु अगावै अविश्वासको प्रस्ताव दर्ता गराउन खाजेका छन ।

मओवादप् केन्द संग मिलेर काग्रेस अगाडी वढने देखिए पछि प्रधानमन्त्रीले त्यसलाई काउन्टर स्वरुप काग्रेस सभापति संग भेटर आफनो पक्षमा पार्न देखिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै