गण्डकीका मुख्यमन्त्री गुरुङमा कोरोना सङ्क्रमण

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मुख्यमन्त्रीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार मुख्यमन्त्री गुरुङ अहिले आफ्नै सरकारी निवासमा आइसोलेटेड भएर बसेको छ ।
मुख्यमन्त्री गुरुङ मङ्गलबार सर्वदलीय बैठकमा सहभागी भएका थिए । दलहरूबीच सहमति नजुट्दा गण्डकी प्रदेशसभाको वैशाख १५ गते स्थगित बैठक त्यसयता बस्न सकेको छैन ।