१ सय २८ सांसदको पिसिआर परीक्षण
नेपाल बोली
२२ बैशाख २०७८, बुधबार
बैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्पासको मत लिने भए पछि बस्न लागेको प्रतिनिधीसभा बैठकका लागी आज सासंदहरु स्वाव परिक्षण गरिएको छ । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा १ सय २८ सांसदसहित ६ सय ९ जनाको स्वाव संकलन गरिएको छ ।
यही बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको विशेष अधिवेशनको पूर्वसन्ध्यामा संसदमा जाने व्यक्तिहरुको कोरोना संक्रमण परीक्षणका लागि स्वाव संकलन गरिएको हो ।
बुधबार र बिहिबार २ दिन स्वाव संकलन गर्ने कार्ययोजना अन्तर्गत आज पहिलो दिन १ सय २८ जना सांसद, कर्मचारी र पत्रकार गरेर ४ सय ८१ जना सहित ६ सय ९ जनाको स्वाव संकलन गरिएको संघीय संसदका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै